
पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवका अवसरमा ७ जना श्रष्टालाई सम्मान गर्ने भएको छ ।
प्रतिष्ठानले गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका भूपिन खड्का, गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट स्याङ्जाका पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठलाई सम्मान गर्ने भएको हो । उहाँहरूलाई जनही एक लाख नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान गरिने गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
गण्डकी प्रज्ञा–प्रतिष्ठान नारी सम्मानबाट तनहुँकी सरस्वती प्रतीक्षा सम्मानित हुनु हुने भएको छ । उहाँलाई ५० हजार रुपैयाँका साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ । गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधामा स्याङ्जाका रबिन गुरुङ र कला विधामा मुस्ताङका छिरिङ फोन्जो गुरुङलाई सम्मान गरिने भएको छ । उहाँहरूलाई २५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ ।
सम्मानित व्यक्तित्व छनोटका लागि गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको संयोजकत्वमा कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोकदोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, कलाकार यादवचन्द्र भुर्तेल र मनकुमार श्रेष्ठ रहनुभएको समिति गठन गरिएको थियो । स्रष्टाहरुलाई बैशाख २९ गते शनिबार गण्डकी प्रज्ञा–प्रतिष्ठानको भानु हलमा विशेष कार्यक्रमबीच सम्मान गरिनेछ ।
वार्षिकोत्सवका अवसरमा स्रष्टा स्मृति पार्कको उद्घाटन तथा प्रतिष्ठान स्थापनादेखि हालसम्मका गतिविधि समेटिएको श्रव्यदृश्य सामग्री प्रदर्शन गरिनाका साथै विभिन्न झाँकीसहित सांस्कृतिक प्रस्तुति रहने सदस्यसचिव श्रेष्ठले जानकारी दिनुभयो । साहित्य, सङ्गीत र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले २०७८ साल वैशाख १५ गते प्रतिष्ठान स्थापना भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने