
दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ ले अतिगरिब एकल महिलालाई बाख्रा वितरण गरेको छ । बाख्रापालन गरी आम्दानी वृद्धिका लागि एकल महिला छनोट गरी वितरण गरिएको वडाध्यक्ष खुशीराम चौधरीले बताउनुभयो ।
‘हामीले अतिगरिब एकल महिलाको आम्दानी वृद्धिका लागि बाख्रा वितरण गरेका छौँ’ उहाँले भन्नुभयो– ‘ती बाख्राबाट आय आर्जनमा सघाउ पुग्ने हाम्रो विश्वास छ ।’ हाललाई वडाभित्रका १० जना एकल महिलालाई बोयरलगायत उन्नत जातका बाख्रा वितरण गरिएको छ ।
उपमहानगरपालिकाले प्रदान गरेका बाख्रा डोर्याउदै बुधनी चौधरीले भन्नुभयो– ‘यसले हामीलाई आम्दानीमा टेवा पुर्याउने छ ।’ एकल महिलाको आम्दानीको अन्य स्रोत नभएकाले प्राप्त सहयोगबाट आफ्नो जीवन यापनमा मद्दत पुग्नेमा आफू विश्वस्त रहेको अर्की एकल महिला लक्ष्मी घर्तीले बताउनुभयो । ‘हाम्रो आम्दानीको स्रोत केही छैन’ उहाँले भन्नुभयो– ‘वडाको सहयोगबाट हामी खुशी छौँ ।’
वडाले लाभग्राही नियमित अनुगमन गर्ने अध्यक्ष चौधरीले बताउनुभयो । आर्थिक समृद्धिको आधार व्यवसाय भएकाले अहिले वितरण गरेका बाख्राबाट आम्दानी गरेको देख्ने आफूहरूको चाहना भएको अध्यक्ष चौधरीले बताउनुभयो । आफूहरू सधैँ किसानका पक्षमा रहेकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने