
काठमाडौँ । सरकारले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्व परिवर्तन गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखमा एआईजी श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको हो ।
सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री शर्माले भन्नुभयो,‘सुनको अवैध पैठारीका विषयमा अध्ययन गर्न जाँचबुझ आयोग बनाएका थियौं । आयोगले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदन गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने निर्णय गरेको छ । श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभागबाट केन्द्रीय अनुसन्धान ब्यूरोमा र केन्दीय अनुसन्धान ब्यूरो प्रमुख किरण बज्राचार्यलाई केन्द्रीय कार्यालयको कार्यविभागमा सरुवा गर्ने निर्णय भएको छ । सुन प्रकरणमा सरकारको धारणा दोषी कोही पनि छुट्नु हुन्न । निर्दोष कोही पनि पर्नुहुन्न भन्ने छ । यो धारणामा को व्यक्ति कसको भन्ने कुरा हुँदैन । प्रमाणले पुगेपछि जोसुकै पनि कारबाहीको दायरामा आउनु स्वभाविक हो।’
सञ्चारमन्त्री शर्माले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारले दोषीलाई कारबाही गर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग