
काठमाडौँ । सुन तस्करी अभियोगमा पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार पुन शुक्रबार काठमाडौंबाट पक्राउ परेका हुन्।
गत साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावाछिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो।
बिहीबार गृहमन्त्रीसमक्ष पेस गरिएको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पुनको संलग्नता औँल्याएको छ। गृहमन्त्रीलाई आयोगले प्रतिवेदन बुझाए लगत्तै प्रहरीले पुनलाई पक्राउ गरेको हो।
काठमाडौँबाट पक्राउ परेका पुनलाई भैरहवा लगिएको छ । रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो ।
उनीविरुद्ध सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई पक्राउ परेको थियो । सुन तस्करीबारे उनलाई पक्राउ गरेर अनुसन्धान हुँदैगर्दा सहकारी ठगीमा पनि यसअघि नै वारेन्ट जारी भएकाले पहिला भैरहवा पठाइएको बताइएको छ। रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोप पुनविरुद्ध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग