
काठमाडौँ । प्रतिनिधिसभाका एक सांसदले संघीय राजधानी काठमाडौँबाट दाङमा सार्न सुझाव दिनुभएको छ ।
काठमाडौं उपत्यकाको भक्तपुर क्षेत्र नम्बर १ बाट मात्रै निर्वाचन जिल्दै आएको नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले यस्तो सुझाव दिनुभएको हो । सांसद सुवालले बुधबार प्रतिनिधिसभामा बोल्दै यस्तो सुझाव दिनुभएको हो ।
बैठकमा सांसद सुवालले उहाँले चुरे दोहन रोक्नुपर्ने बताउँदै खेतीपातीका लागि आवश्यक जग्गा राखेर मात्र शहरको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शैक्षिक परामर्शका नाममा ठगी गर्ने, मानव बेचविखन तथा मानवाधिकार हनन गर्ने, सार्वजनिक जग्गा हड्प्ने, सुन तस्करी संलग्न जोसुकै भएपनि कारबाही गर्न माग गर्नुभयो ।
सांसद सुवालले प्रधानमन्त्री दाहाललाई मत दिन नसकिने पनि जानकारी गराउनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग