
काठमाडौँ। पूर्वमुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष नेता राजेन्द्र पाण्डेले अहिलेको सत्ता गठबन्धनप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
विगतदेखि नै उपप्रधानमन्त्रीसहित सरकारमा जाने आकांक्षा राख्दै आउनुभएका उपाध्यक्ष पाण्डेले आफ्नो चाहना पूरा नभएपछि बुधबार प्रतिनिधिसभामै गठबन्धनप्रति असन्तुष्टि प्रकट गर्नुभएको हो । एकीकृत समाजवादी उपाध्याक्ष पाण्डेले ‘संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर जन्मिएको आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइएको’ भन्दै सचिवालय बैठकको निर्णयविरुद्ध हुने गरी अभिव्यक्ति दिनुभएको छ ।
एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठकले नै नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सहभागी हुने र सरकारमा जाने निर्णय गरेको थियो । पार्टीको निर्णयपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा शहरी विकास मन्त्री बनिसक्नुभएको छ । तर उपाध्यक्ष पाण्डे र मेटमणि चौधरी लगायतका केही सांसदहरुले भने आफूमन्त्री बन्न नपाएको झोकमा गठबन्धनविरुद्ध अभिव्यक्ति दिदै आउनुभएको छ ।
उपाध्यक्ष पाण्डेले प्रतिनिधिसभामा कामका लागि दैनिक सयौँ युवा विदेसिनुपर्ने बाध्यता रहेको र प्रभावकारी रुपमा सार्वजनिक सेवा प्रवाह हुन नसकेको उल्लेख गर्दै बेरोजगारी बढ्दा जनतामा निराशा बढेकोबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
संसदबाटै बनेको कानुनका कारण मुलुकभरका नर्सिङ र मेडिकल कलेज बन्द हुने अवस्थामा रहेको उल्लेख गर्दै विद्यार्थी अध्ययनका लागि विदेसिनु परेको उहाँको भनाई छ । नेता पाण्डेले जनताका कामका लागि बजेटमा सांसदको भूमिका बढाउन सरकारलाई सुझाव दिनुभएको छ । उहाँले प्रधानमन्त्री दाहाललाई आफ्नो पार्टीले विश्वासको मत दिने जानकारी समेत गराउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग