
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल लाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिनुभएको छ ।
एमाले संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले पुरानो गठबन्धनले देश बर्बाद बनाएकाले सत्तामा जाने हतारो नभई देशको आवश्यकताका आधारमा नयाँ गठबन्धन बनाएको र यसले एक प्रकारको आशा बढाएको बताउनुभयो । आफूहरुको पहलकदमीमा नयाँ गठबन्धन बनेको स्पष्ट गर्दै यसमा कुनै विदेशी वा छिमेकी मुलुकलाई नजोड्न आग्रह गर्दै पूर्व प्रधानमन्त्री ओलीले वामपन्थी पार्टीहरुको अगुवाइमा बनेको नयाँ गठबन्धन टिकाउनु आफूहरुको दायित्व भएको स्पष्ट गर्नुभयो ।
यही फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले नयाँ गठबन्धनको सहमति गरेका थिए । उक्त सहमतिको शृङ्खलामा अहिले नेकपा (एकीकृत समाजवादी) पनि जोडिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग