
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । मंगलबार राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाहालले शपथ ग्रहण गर्नुभएको हो ।
शपथ ग्रहणपछि उहाँले सहिद स्मारक लैनचौरमा पुगेर सहिदको शालिकमा माल्यार्पण गर्नुभयो ।
यसअघि, आजै राष्ट्रियसभा अध्यक्षमा दाहाल निर्वाचित हुनुभएको थियो । सत्ता गठबन्धनका साझा उम्मेदवार दाहाल नेपाली कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै राष्ट्रियसभा अध्यक्ष बन्नुभएको हो ।
अध्यक्ष दाहाल, एमाले, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुनुभएको हो । दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १७ मत परेको थियो। मंगलबार राष्ट्रिय सभा बैठकमा ५६ जना सांसद उपस्थित थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग