
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आसन्न उपनिर्वाचनमा इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) मा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको छ । मंगलबार बसेको जनमत पार्टीको सचिवालयको बैठकले सो निर्णय गरेको हो ।
बैठकले नयाँ बनेको गठबन्धनमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने निर्णय गरेको प्रवक्ता डा. शरतसिंह यादवले जानकारी दिनभयो । आजको बैठकले सप्तरीमा २०८० माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनमाथि छलफल गरेको छ । माघ ८ गते मधेस कृषि विश्व विद्यालयको भवन निर्माणको शिलान्यास गर्ने क्रममा भएको झडपमा जनमत पार्टीका तत्कालीन मधेस प्रदेशका शिक्षा मन्त्री महेश यादवलगायत अन्य नेताहरू घाइते भएका थिए ।
जसपाका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले सो भवनको शिलान्यास गर्नुभएको थियो । जनमतले त्यसको विरोध गरेपछि झडप भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग