
कैलाली । कर्णालीको पुलमा गुड्दै गरेको ट्रकमाथि आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा आज साँझ एक्कासि आगलागी भएको हो ।
आगलागीबाट रु एक करोड १५ लाख ६८ हजार बराबरको ट्रकमा रहेको एक हजार एक सय कार्टुुन लाइटर र नगद रु ५७ हजार क्षति भएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिनुभयो । क्षतिको अन्य विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
प्रहरी निरीक्षक डाँगीका अनुसार आगलागीबाट ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट पुुलको पूर्वपट्टी रहेका १४ वटा डोरीमा क्षति पुुगेको उहाँले बताउनुुभयो । आगो निभाउन लम्कीचुहा, घोडाघोडी, टीकापुर नगरपालिका र बर्दियाको बाँसगढी नगरपालिकाको दमकल प्रयोग गरिएको छ । “हालसम्म ९५ प्रतिशत आगो नियन्त्रणमा आएको छ”, प्रहरी निरीक्षक डाँगीले भन्नुभयो ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासीलगायतले आगो निभाउने काम गरिरहेका छन् । लम्कीचुहा नगरपालिका–३ का वडाअध्यक्ष लवबहादुर शाहीले आगलागीबाट पर्यटकीय पुलमा क्षति भएको बताउनुभयो ।
आगो पूर्णरुपमा निभाउन बाँकी रहेकाले आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इञ्जिनियर निरज शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी घटनास्थलमै छौँ । मङ्गलबार बिहान प्राविधिक टोली आउँदै छ । क्षति यत्ति नै भएको छ भनेर भन्न सकिने अवस्था छैन । कर्णाली पुलमाथि सवारी आवागमन हाललाई बन्द गरेका छौँ ।”
पर्साको वीरगञ्जबाट सामान लिएर आएको ट्रक चालक जगनाथ जोशीले बताउनुभयो । “ट्रकमा लोड भएकाले बिस्तारै हाँकेको थिए । कर्णाली पुलमा पुग्दा पुलमा एक युवकले कराउँदै ट्रकमा आगो भन्दै चिच्याउँदा मात्र पछाडिपट्टीको भागमा आगो लागेको थाहा पाएँ”, उहाँले भन्नुभयो ।
पर्साको न्यू वागेश्वरी ढुवानी सेवाले लोड गराएको तपन इन्टरप्राइजेजको एक हजार एक सय लाइटर कञ्चनपुरको शिवओम इन्टरप्राइजेजको भएको ट्रक चालक जोशीले बताउनुभयो । ट्रकमा आगलागी हुँदा कञ्चनपुरको कृष्णपुर घर भएका ३६ वर्षीय जोशी र सहचालक दार्चुलाको शैलेश्वरी–८ का २४ वर्षीय धिरज जोशी मात्र सवार थिए । दुवैजना सकुशल प्रहरीको नियन्त्रणमा रहेका छन् । आगलागी भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको रहेको चालक जोशीले बताउनुभयो । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग