
काठमाडौँ । संघीय सरकारले नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका ३ प्रदेश प्रमुख बर्खास्त गरेको छ ।
सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेको हो । मन्त्रिपरिषदको सोमबारको बैठकले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ, मधेशका हरिशंकर मिश्र र सुदूरपश्चिमका देवराज जोशीलाई पदबाट हटाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठबले मधेश प्रदेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुख बनाउने निर्णयसहित राष्टपति समक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ ।
प्रदेश प्रमुख मन्त्रिपरिषद्को निर्णय र सिफारिसका आधारमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग