
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।
कांग्रेस नेता सिटौलाले आइतबार प्रधानमन्त्रीलाई भेटेरै पछिल्लो समय पार्टीको जिम्मेवारी समेत नलिएर शान्तसँग बसेकालाई ‘अध्यक्ष बनाउँछु’ भन्दै राष्ट्रियसभामा ल्याएर घोका दिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । सिटौलाले महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसहित बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो ।
भेटवार्तामा कांग्रेस नेता सिटौलाले पछिल्लो समय आफू पार्टीको कार्यकारी पदमा समेत नरहेर शान्त तरिकाले बसिरहँदा ‘अध्यक्ष बनाउँछु’ भन्दै राष्ट्रियसभामा ल्याएर गम्भीर धोका दिएको गुनासो गर्नुभएको छलफलमा सहभागी एक नेताले जानकारी दिनुभएको छ । ‘राष्ट्रियसभाको अध्यक्ष बन्नुपर्दछ भनी सबभन्दा पहिले तपाईंले भन्नुभएको हो’ भेटवार्तामा प्रधानमन्त्रीलाई सिटौलाले भन्नुभएको भनाइ उद्धृत ती नेताले भन्नुभयो– ‘तपाईंले राष्ट्रियसभा अध्यक्ष हुँदैन भनेको भए म राष्ट्रियसभाको सदस्य मात्रै हुने गरी उठ्ने थिइनँ ।’
प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै जना अध्यक्ष बनाउन सहमत भएपछि मात्र आफू राष्ट्रियसभा आएको सिटौलाको भनाई छ । भेटवार्तामा सहभागी नेताका अनुसार सिटौलाले प्रधामन्त्रीलाई ‘पार्टीलाई धोका त भयो भयो, तपाईंका कारण मलाई पनि धोका भयो’ भन्नुभएको छ ।
आफूहरुसँग कांग्रेस गठबन्धनलाई निरन्तरता दिने भन्ने, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वार्ता गर्ने गरेको भन्दै सिटौला प्रधानमन्त्रीसँग जंगिनुभएको छ ‘त्यो बेला केही पनि छैन भनिरहनुभयो । अहिले आएर ४/५ महिनादेखि केपी ओलीसँग कुरा गरिरहेको थिएँ भन्नुहुन्छ । यसरी ढाँट्ने ? तपाईंले जुन धोकाधडीको राजनीति गर्नुभयो । यो यहीं टुंगिन्छ भनेर नठान्नुहोला’ भन्दै बालुवाटारबाट बाहिरिनुभएको सहभागी ती नेताले बताउनुभयो ।
ती नेताका अनुसार कांग्रेस नेता सिटौला जंगिँदा प्रधानमनत्ती दाहाल भने उहाँको कुरा सुनेर चुपचाप बस्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग