
नेपालगञ्ज । महाशिवरात्रिको अवसरमा चीनको तिब्बतमा रहेको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको जहाजबाट दर्शन गराइएको छ ।
नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रिप टु टेम्पल्ससँगको समन्वयमा नेपालगञ्जबाट एक सय ५० भारतीय तीर्थयात्रीलाई लगेर आज कैलाश मानसरोवरको दर्शन गराएको हो ।
माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै राक्षस ताल, अपि र साइपाल हिमाललगायतको आकर्षक दृश्यावलोकन गराइएको पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना महामारीअघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगञ्जको मार्ग भएर मानसरोवर पुग्ने गरेका थिए ।
“यसअघि रुपैडिया नाका हुँदै मानसरोवर जाने पर्यटक नेपालगञ्जबाट हवाई मार्गबाट सिमिकोट गएर त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्सासम्म हेकिकप्टरमा तथा हिल्साबाट सडक मार्ग भएर ताक्लाकोट हुँदै मानसरोवर पुग्ने गर्दथे”, गौतमले भन्नुभयो ।
पर्यटकीय गतिविधि बढाउन माउन्टेन फ्लाइट सुरु गरिएको होलिडेजका प्रबन्ध निर्देशक गौतमले जानकारी दिनुभयो । कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकका लागि यो नयाँ गन्तव्य बन्दै गएको ट्रिप टु टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताउनुभयो । माउन्टेन फ्लाइटकै लागि एक सय ५० भारतीय पर्यटक यहाँ आएका थिए । उनीहरूलाई श्री एअरलाइन्सको जहाजबाट हवाईसेवा उपलब्ध गराइएको हो ।
कैलाश मानसरोवरको दर्शन गर्ने सपना पूरा भएको भारतको कर्नाटकबाट आउनुभएकी ३३ वर्षीया अरुणा यनले बताउनुभयो । “जहाजबाटै दर्शन गर्न पाउँदा अत्यन्तै खुसी छौँ”, नयाँ दिल्लीबाट आएका ६७ वर्षीय गोपाल सेठले भन्नुभयो ।
यसअघि पथिल होलिडेज र ट्रिप टु टेम्पल्सले श्री एअरलाइन्ससँगको समन्वयमा गत माघ १५ गतेदेखि कैलाश मानसरोवर दर्शनका लागि माउन्टेन फ्लाइट थालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग