
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गर्नुभएको छ । अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुहुँदै मन्त्री पुनले अर्थतन्त्रका समस्या बारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताउनुभयो ।
“अर्थतन्त्रमा शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्नेछु । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात् गरेको छ । नयाँ आशा जगाउनका लागि पहल गर्नेछु । तर त्यो त्यति सहज छैन । विगतका आफ्ना अनुभव र शिक्षाका साथ काम गर्न सकिन्छ । नयाँ आशा जगाउन सक्छौँ,” मन्त्री पुनले भन्नुभयो ।
आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उहाँले बताउनुभयो । अन्तरमन्त्रालय समन्वयलाई प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो ।
अर्थमन्त्री पुनले कार्यभार सम्हाल्नु भएलगत्तै पहिले निर्णयका रुपमा जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण सहायतालाई उत्पादनशील र दिगो पूर्वाधार आयोजनाको ठोस क्रियाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने निर्णय गर्नुभएको छ । त्यस्तै ग्रीन क्लाइमेट फण्डको पाइपलाइनमा रहेका आयोजनाको अद्यावधिक गर्ने निर्णय गर्नुभएको छ ।
विसं २०६४ मा संविधानसभा सदस्य बन्नुभएका पुन २०६७ मा शान्ति तथा पुनःनिर्माणमन्त्री मन्त्री बन्नुभएको थियो । विसं २०६८ मा अर्थमन्त्री बन्नुभए पनि उहाँले वार्षिक बजेट ल्याउन पाउनुभएको थिएन । उहाँ २०७४ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्नुभएको थियो ।
विसं २०५३ मा तत्कालीन नेकपा माओवादीको रोल्पा र प्युठान जिल्ला समिति सचिव बन्नुभएका नेता पुन हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को उपमहासचिव हुनुहुन्छ । रोल्पा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उहाँ कानुन सङ्कायमा स्नातक हुनुहुन्छ । विसं २०२८ जेठ १८ गते रोल्पा नगरपालिका–४ माडीचौरमा जन्मनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग