
सुदूरपश्चिम। नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको सो पार्टीका प्रदेशसभा सदस्य शिवसिंह ओलीले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस संसदीय दलका नेता शाह नेतृत्वको सरकारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सत्ता साझेदार थियो । कूल ५३ सदस्यीय प्रदेशसभामा सभामुखबाहेक सो पार्टीका दश प्रदेशसभा सदस्य छन् ।
प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेसका १९ सदस्यमध्ये बझाङबाट प्रदेशसभामा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको केही महिनाअघि गाडी दुर्घटनामा निधन भएको थियो । प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दश, नागरिक उन्मुक्तिका सात, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र एक स्वतन्त्र सदस्य छन् ।
सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी)ले आज मध्याह्नसम्म सरकारमा रहने वा नरहने भन्नेबारेमा कुनै निर्णय गरिसकेका छैनन् । यसअघि मङ्गलबार मुख्यमन्त्री शाहले नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र उद्योग पर्यटन तथा वातावरण राज्यमन्त्री गीतादेवी माललाई पदमुक्त गर्नुभएको थियो । मन्त्रीद्वय साउद र धामीले सम्हाल्दै आउनुभएको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैँ मातहत राख्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग