
मोरङ । मोरङको पथरीशनिश्चरे ७ मा सोमबार राति हत्या गरिएकी १५ वर्षीया किशोरीलाई उनकै प्रेमीले ज्यान लिएको प्रहरीले बताएको छ। बालिका हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि यसको रहस्य खेलेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीको अनुसन्धान टोलीले हत्यामा संलग्न मोरङको ग्रामथान–४ का ३८ वर्षीय धिरेनकुमार खाँ चौधरीलाई मोरङको बेलबारी–१० भाउन्नेबाट मंगलबार बिहान २ः३० बजे पक्राउ गरेको हो। पक्राउ परेका चौधरीलाई प्रहरी मङ्गलबार अपराह्न पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ।
खोटाङ जिल्लाको ऐंसेलुखर्क–६, सल्ले स्थायी घर भएर पथरीशनिश्चरे–७ लामाटोलमा फुपूको छोराको घरमा बस्दै आएकी १५ वर्षीया ज्ञानुमति थुलुङ राईको सोमबार राति साढे १० बजेतिर धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। पथरीशनिश्चरे १ को पञ्चायत नमुना माविमा कक्षा ७ मा पढ्दै आएकी ज्ञानुमतिको टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला परेको उनका दाजु विनोद राईले बताउनुभयो। ज्ञानुमति २ वर्षयता दाजुले सञ्चालन गरेको होटल सुन्नीमामा काम सघाएर बस्दै आएकी थिइन।
राति शौचालयको गएको मौका पारेर धिरेनले ज्ञानुमतिलाई खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार धिरेनले गत असारमा ज्ञानुमतिलाई बिहे गर्ने भन्दै भारततर्फ लैजान खोजेका थिए। त्यसबेला माइती नेपालले उनको उद्धार गरी परिवारलाई जिम्मा लगाएको थियो। मृतक किशोरीको नाममा फेसबुक, इन्स्टाग्राम, इमो लगायतमा आफै एकाउण्ट बनाई चौधरीले चलाउने र सोही माध्यमबाट बालिकालाई दुःख दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार चौधरीले आफू मगर भएको र अविवाहित रहेको भनेर किशोरीलाई ढाँट्ने गरेका थिए।
उनको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ। खोटाङबाट पारिवारिक सदस्य आएपछि पोष्टमार्टम गरिने प्रहरीको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग