
काठमाडौँ । सत्ताको नयाँ गठबन्धनमा जन्मिदै खटपट शुरु भएको छ ।
नेपाली कांग्रेससँगको गठबन्धन भंग गरेर सत्ताका लागि नयाँ समीकरण बनाएका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी( जसपा) नेपालबीच मन्त्रालय बाँडफाँडको विषयलाई लिएर खटपट शुरु भएको हो ।
सत्ता गठबन्धनको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा.मंगलबार बसेको बैठकमा एमाले, माओवादी र रास्वपाले गृह र अर्थ मन्त्रालय आफूले पाउनुपर्ने अडान लिएका छन् । नयाँ गठबन्धन बनाउन निर्णय भूमिका खेलेको एमाले, सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिनिधिसभा सदस्य संख्याको हिसाबले गठबन्धन अड्याउन बलियो टेकोको रुपमा रहेको रास्वपाले गृह र अर्थ आफूले पाउनुपर्ने अडान लिएपछि मन्त्रालयको भागवण्डा टुंग्याउन सकस भएको छ ।
बालुवाटार स्रोतका अनुसार बैठकमा रास्वपाले गृह मन्त्रालयको आफूहरुले पाउनुपर्ने अडान लिएको छ । अहिलेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले राम्रो कार्य गरिरहेको बताउँदै गृह यथावत राखेर अरु मन्त्रालयमा भागबण्डा मिलाउनुपर्ने प्रस्ताव राख्नुभएको छ । एमालेले पनि गठबन्धनमा पार्टीको भूमिका र शक्ति सन्तुलनको लागि अर्थ र गृह दुवै आफूले पाउनुपर्ने दाबी गरेको छ । पुरानो गठबन्धनबाट नयाँ समीकरणमा सरेको जसपाले पनि माल्दार मन्त्रालय मागेको स्रोतको भनाई छ ।
गठबन्धनमा मन्त्रालय बाँडफाँड तत्कालै मिलाउन नसक्ने स्थिति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार, एमाले, रास्वपा र माओवादीबाट एक, एक गरी ३ जनालाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो ।
गठबन्धनमा मन्त्रालयको भागबण्डा नमिल्दा सोमबार सांझ मन्त्रीको शपथ लिनुभएका एमालेका पदम गिरी, रास्वपाका डीपी अर्याल र माओवादी केन्द्रका हितमान तामाङलाई आजसम्म जिम्मेवारी तोकिएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग