+

बिना विभागीय ३ मन्त्रीले लिए शपथ

काठमाडौँ ।   बिना विभागीय ३ मन्त्रीको शपथग्रहण भएको छ । 

सत्ता समीकरण फेरिसँगै मन्त्री बन्नुभएका नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद (डीपी)अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि उहाँहरुलाई तत्काल  विभागीय मन्त्रीको शपथ गराएको हो । प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपा बाहेक दलको एक एक जना सहभागी गरएर मन्त्रिमण्डल गठन गर्नुभएको हो ।


पर्वतबाट प्रतिनिधिसभामा निर्वाचित एमालेका गिरी यसअघि पनि दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हुनुहुन्थ्यो । प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनमा गठबधन तोडेपछि एमाले सत्ताबाट बाहिरिँदा उहाँ मन्त्रीबाट हट्नु परेको थियो ।


रास्वपाका उपसभापति अर्याल पनि दाहाल सरकारमा यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुनुहुन्थ्यो । वर्ष नागरिकता प्रकरणमा सभापति रवि लामिछानेको सांसद पद गुमेपछि पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उहाँले मन्त्री पद छोड्नु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै