
काठमाडौँ । सत्ता समीकरण अकस्मात फेरिएपछि विभिन्न दलका शीर्ष नेताहरुलाई राजनीतिक धपेडी भएको छ । प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस नेतृत्वको गठबन्धन प्रधानमन्त्री पुष्पकमल दाहालले अकस्मात तोडेपछि नेताहरुलाई सकस भएको हो ।
२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसँगै नेकपा एमालेसँग तालमेल पछि एकता समेत गर्नु पुग्नुभएका दाहाल केपी शर्मा ओलीले २०७७ साल पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि टुटेको थियो । पुस ५ को घटनापछि ओलीसँग प्रचण्ड मात्रै छुटिट्नु भएन, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समेत ओलीसँगको ५० वर्षे राजनीतिक यात्रा तोड्दै बेग्लै पार्टी निर्माण र कांग्रेससँग सत्ता गठबन्धन गर्न पुग्नुभयो । ओलीले गरेको संसद विघटन विरुद्ध राष्ट्रव्यापी आन्दोलन नै गर्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल २०७९ साल मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेससँगकै गठन्धनमा रहनुभयो । निर्वाचनपछि गठन्धनका प्रधानमन्त्री को पहिला बन्ने भन्नेबोमा विवाद हुँदा माओवादी अध्यक्ष दाहाल गत वर्ष पुसमा कांग्रेससँगको गठन्धन तोड्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगयतका दलको साथमा प्रधानमन्त्री बन्नुभयो । प्रतिनिधिसभामा विश्वास मत लिएपछि प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनको इस्यु बनाएर एमालेसँगको समीकरण तोड्दै फेरि कांग्रेससँगकै समीकरणमा फर्कनुभयो । कांग्रेसँगको राजनीतिक सहयात्रा आउने निर्वाचनसम्म नै कायम रहने प्रतिवद्धता जनाउदै आउनुभएका प्रधानमन्त्री दाहालले राष्ट्रियसभा को अध्यक्ष र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई लिएर अर्थसहित नेपाली कांग्रेसका मन्त्रीहरु फेर्ने प्रयत्न गरिहनु भएको थियो । तर कांग्रेस सभापति शेरबहादुर देउवाले ‘योजना तथा बजेट निर्माणको बेला मन्त्री फेर्न नहुने’ भन्दै रोकेपछि प्रधानमन्त्री दाहाल गठबन्धन तोड्दै पुन एमालेको ढोक्सामा पर्नुभएको हो ।
प्रधानमन्त्री दाहाल एमालेको ढोक्सामा परेपछि यसअघिको गठन्धनका रहेका अन्य दललाई समेत सकस भएको छ । प्रधानमन्त्री दाहालको आकस्मिक निर्णयले अहिलेसम्म सरकारमा रहेका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायतका दलका शीर्ष नेताहरु राजनीतिक धपेडी भएको हो । सत्ता समीकरण फेरिपछि दलका शीर्ष नेतालाई नयाँ गठबन्धनमा जाने कि नजाने ? जाँदा मन्त्री कति वटा पाइन्छ ? गठबन्धनको भागबण्डामा पाइएको कोटामा पार्टीबाट को कसलाई मन्त्री बनाउने ? भन्ने सकस छ । प्रधानमन्त्रीले समीकरण फेरिपछि नयाँ गठबन्धनबारे निर्णय लिन ती दलको अहिले छुट्टाछुट्टै बैठक भइरहेको छ ।
एकीकृत समाजवादीको सचिवालय बैठक दिउँसो ३ बजेदेखि भइरहेको छ । जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक अहिले ४ बजे बस्दैछ । आइतबार एमाले र रास्वपाको पनि केन्द्रीय समिति बैठक बसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र
- साढे ४ घण्टामा रिहा भए रेशम चौधरी
- सर्वोच्चले भन्यो - रेशम चौधरीलाई पक्राउ गर्नेबारे लेखिएको पत्र ‘अनधिकृत’
- रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका कर्मचारी पक्राउ, रेशम रिहा
- भाजपाका विदेश विभाग प्रमुख चौथाईवा काठमाडौँमा
- नागरिक उन्मुक्ति र जनमत पार्टीको एकीकरण घोषणा स्थगित
- रेशम चौधरी पक्राउ
- डोटीमा माइक्रोबस दुर्घटना: १ जनाको मृत्यु ६ जना घाइते
- सरकार र आन्दोलनरत शिक्षकबीच निर्णायक वार्ताको तयारी
- सत्तापक्षीय दलको बैठक बालुवाटारमा जारी