
काठमाडौँ । सत्ता समीकरण फेरिपछि नेकपा एकीकृत समाजवादीले अकस्मात् सचिवालय बैठक बोलाएको छ । एकीकृत समाजवादीले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको हो । सचिवालय बैठक अहिले ३ बजे बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको ठूला दल नेपाली कांग्रेससँगको गठबन्धन छोडेर नेकपा एमालेसँग जोडिन पुगेपछि एकीकृत समाजवादी अन्योलमा परेकोे छ । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन छोड्नुअघि आइतबार एमाले अध्यक्ष ओलीसँगको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत बोलाउनुभएको थियो । स्रोत भन्छ– प्रचण्डले आइतबार माधव नेपाललाई फोन गरेर, ओली भेटघाटको लागि म कहाँ आउँदै हुनुहुन्छ, तपाइँ पनि आउनुस् छलफल गरौँ, अब नयाँ कोर्षबाट अघि बढौँ’ भन्नु भएको थियो । तर त्यो छलफलमा अध्यक्ष नेपाल जानुभएन । प्रधानमन्त्री दाहालले नयाँ समीकरणमा एकीकृत समाजवादीलाई पनि समावेश गर्न खोजिरहनुभएको छ । त्यसको लागि अध्यक्ष नेपाललाई आग्रह गरिरनुभएको छ ।
नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पनि राजनीतिमा कोर्ष करेन्सन भएको टिप्पणी गर्दै नयाँ समीकरणमा एमाले, एकीकृत समाजवादीसहित समाजवादी मोर्चामा रहेका सबै कम्युनिष्ट रहने उल्लेख गर्नुभएको छ । बदलिँदो सत्ता समीकरणप्रति एकीकृत समाजवादीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । स्रोतका अनुसार आजको सचिवालय बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री दाहाल र आफूबीच टेलिफोनमा भएको कुराकानी, आफूलाई आएको प्रस्ताव र जाने सुनेका पक्षबारे अवगत गराउनु हुनेछ । त्यसपछि एकीकृत समाजवादीले कांग्रेससँगको गठबन्धनमै बस्ने वा नयाँ समीकरणमा पस्ने भन्नेबारे निर्णय गर्नेछ ।
पार्टी महासचिव घनश्याम भुसालले भन्नभयो– ‘हामी पछिल्लो राजनीतिक घटनाक्रम विश्लेषण गरेर आवश्यक निर्णय लिनेछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग