+

चरित्रहत्या गरेको भन्दै शोभा पाठकले दिइन् प्रेस काउन्सिलमा उजुरी

काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन युवासंघ, नेपालका केन्द्रीय सदस्य शोभा पाठकले आफ्नो चरित्रहत्या गरेको भन्दै केहि अनलाइनविरुद्ध प्रेस काउन्सिल, नेपालमा उजुरी दिनुभएको छ ।

पाठकले केही अनलाइनले  चरित्रहत्या गर्ने मनसायले आफ्नो व्यत्तिगत फोटो तथा एकपक्षीय समाचार सम्प्रेषण गरेको भन्दै कारबाही माग गर्दै आइतबार प्रेस काउन्सिलमा  निवेदन दिनुभएको हो ।

उहाँले आफ्नो निजी जीवनसँग सम्बन्धित विषयलाई लिएर केही अनलाइनले आफ्ना दाजुभाई तथा पूर्वपतिसँगको फोटो जोडेर ‘हनी ट्रयाप जस्तो जघन्य अपराध गरेको, अर्काको जग्गा हडपेको र विभिन्न व्यक्तिलाई फसाउन खोजेको’ लगायतका समाचार एकपक्षीय रुपमा प्रकाशित गरेर आफ्नो चरित्रहत्या गरेको दाबी गर्दै ती अनलाइनलाई कारबाहीको माग गर्नुभएको छ । 

विभिन्न ५ अनलाइन न्यूज पार्टलले आफ्नो गोपनीयता उल्लंघन गरेको हुँदा ती न्यूज पोर्टललाई कारबाही गर्न माग गर्दै उहाँले झूठा समाचार हटाउन समेत माग गर्नुभएको छ । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतसँग आफू ५ वर्षदेखि सम्बन्धमा रहेको दाबी गर्दै उहाँ पछिल्लो समय चर्चामा आउनु भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै