
काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)मा ठूलो परिमाणमा पाउडर दूध र मख्खन थन्किँदा किसानलाई रकम भुक्तानीमा समस्या देखिएको छ ।
डिडिसीले दैनिक रुपमा विभिन्न जिल्लाका कृषकमार्फत एक लाख ४० हजार लिटर दुध खरिद गर्दै आएपनि बजारमा दैनिक ९० हजार लिटरमात्र बिक्रीहुँदा समस्या देखिएको हो । संस्थानका उपमहाप्रवन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डिडिसीमा ठूलो मात्रामा पाउडर दूध र मख्खन थुप्रिएर बस्दा समस्या देखिएको बताउनुभयो ।
“हामीले मासिक ४२ लाख लिटर दुध विभिन्न किसानमार्फत खरिद गछौँ तर बजारमा बिक्री २७ लाख लिटर हाराहारीमा मात्र हुन्छ, प्रत्येक महिना १५ लाख लिटर बराबरको पाउडर थुप्रिँदा समस्या भएको हो,” उहाँले भन्नुभयो ।
दैनिक ५० हजार लिटर दूधको मख्खन र पाउडर दूध बनाएर भण्डारण गर्दै आइरहेको उहाँको भनाइ छ । डिडिसीले गर्मी बढेपछि दहीको बिक्रीवितरण बढ्ने अपेक्षा लिएको छ ।
डिडिसीमा हाल रु सवा एक अर्ब बराबरको पाउडर दूधर मख्खन मौज्दात रहेको उपमहाप्रबन्धक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल संस्थानमा नौ लाख किलो पाउडर दुध र सात लाख किलो मख्खन मौज्दात रहेको छ ।
संस्थानले हाल विभिन्न ४३ जिल्लामा उत्पादन भएको दुध आफ्नै चिस्यान केन्द्र र विभिन्न सहकारीमार्फत खरिद गर्दै आम उपभोक्तामाझ पु¥याउँदै आएको छ । दुग्ध विकास संस्थान मातहतमात्र हाल देशभर ६४ चिस्यान केन्द्र छन् ।
डिडिसीले हाल गुणस्तरका आधारमा चारण् प्रतिशत घृताशं (फ्याट) र आठ प्रतिशत ‘एसएनएफ’ रहेको दुधको न्यूनतम ६७ देखि अधिकतम ७२ शुल्कमा खरिद गर्ने गरेको छ । संस्थानले यसरी खरिद गरिएको दुध न्यूनतम प्रतिलिटर रु ८४ देखि अधिकतम रु एक सय २४ सम्म बिक्री गर्दै आएको छ
डिडिसीले दही प्रतिलिटर रु एक सय ५० र घिउ वितरकलाई प्रतिकिलो रु एक हजार ८० मा बिक्री गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै