
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) मा भक्तजनले चढाएको सिक्का सङ्कलन गरी गन्न थालिएको छ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा सङ्कलन हुँदै आएको करिब २३ लाख रुपैयाँ बराबरको सिक्का गणना गर्न थालेको हो ।
पाथीभरामा पूजापाठ गर्न आउने भक्तजनले देवीको नाममा नगद नोट र सिक्का चढाउने तथा दान गर्ने गर्दछन् । २०७६ सालयताका भारु सिक्का करिब १० लाख बराबर र नेपाली सिक्का करिब १३ लाख रुपैयाँ बराबरको गणना हुँदै गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो ।
कार्यकारी निर्देशक हाङ्बाङका अनुसार माघ महिनाको दोस्रो सातायता सिक्का गणना गर्न सुरु गरिएको हो । समितिको कर्मचारी तथा ज्यालादारी जनशक्तिमार्फत् भारतीय सिक्का धमाधम गणना भइरहेको उहाँले जानकारी दिनुभयो । भारतीय सिक्का दश, पाँच, दुई र एक दरका रहेका छन् । सिक्का गणना गरिसकेपछि सटहीको प्रक्रिया अघि बढाइने पनि कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।
माघ मसान्तसम्ममा पाथीभरा क्षेत्र विकास समितिको कोषमा जम्मा बैंक मौज्दात ८ करोड ९४ लाख ५४ हजार ४५ रुहेको रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । गत साउनदेखि माघसम्ममा ९८ हजार ३ सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेको समितिले जनाएको छ ।
बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेष गरी बडादशैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादशैपछि चैतेदशैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् ।
तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ ।
वर्षाको समयमा कच्ची बाटोमा सामान्यतया समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । पाथीभरामा हेलिकोप्टरमार्फत मन्दिर परिसरमै पुगिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै