+

कोशीमा एउटा शौचालय बनाउन ५ करोड !

विराटनगर । कोशी प्रदेशमा एउटै शौचालय बनाउन ५ करोड रुपैयाँ विनियोजन गरिएको खुलासा भएको छ ।  गठबन्धन प्रदेश सरकारले इलामको श्रीअन्तुमा एउटा शौचालय निर्माणका लागि आर्थिक वर्ष २०८०–८१ मा ५ करोड रुपैयाँ बजेट छुट्याएको हो । 

एउटै शौचालय बनाउन ५ करोड रुपैयाँ छुट्यायएको भनेर आलोचना भएपछि प्रदेश सरकारले त्यो बजेट कटौती गर्ने भएको छ । प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले शौचालयको त्यो बजेट कटौती गर्ने तयारी भएको जानकारी दिनुभएको छ ।  आइतबार मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका उप्रतीले शौचालयको बजेट कटौती गरी इलामकै पर्यटकीय क्षेत्रमा खर्च गरिने बताउनुभयो । 

मन्त्री उप्रेतीका अनुसार शौचालय निर्माण शीर्षकमा छुट्टिएको ५ करोड रकममध्ये ५० लाख मात्र त्यसमा प्रयोग गरेर अरु रकम  रकम इलामकै पर्यटकीय क्षेत्रमा लगानी गर्ने तयारी भएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै