
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सरकारले निषेधित क्षेत्र तोकेका स्थानमा सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरिएको छ।
सिंहदरबार,संसद भवन बानेश्वर,माइतीघर,बालुवाटारलगायत निषेधित क्षेत्रमा सुरक्षाकर्मीहरू बिहानैदेखि तैनाथ छन्। राप्रपाले बिजुली बजारमा भेला भइ निषेधित क्षेत्र तोड्ने घोषणा गरेको छ। राप्रपा निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने रणनीतिमा छ।
वैशाख ४ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आज निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको थियो। चैत्र १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै राप्रपाले आज प्रदर्शन गर्न लागेको बताएको छ।
गत चैत्र १५ गते तिनकुनेमा भएको राजावादी समर्थकहरूको हिंसात्मक प्रदर्शनमा एकजना पत्रकारसहित दुईजनाको ज्यान गएको थियो भने व्यक्तिगत तथा सार्वजनिक सम्पत्तीमा समेत ठूलो क्षति पुगेको थियो।
संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित राप्रपाले आन्दोलन गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै