+

घट्यो सुन भाउ

काठमाडौँ । नयाँ वर्षसँगै अप्रत्यासित उकालो लागेको सुनको भाउ आज भने घटेको छ । 


सुनको भाउ अघिल्लो कारोबारको तुलनामा शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 
महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९० हजार ६ सयमा कारोबार भएको सुन आज १ लाख ८९ हजार ६ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३ सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रह्यो । चाँदी प्रतितोला १ हजार९ सय ६० रुपैयँँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै