
कपिलवस्तु । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको छ । अध्यक्ष चौधरीलाई बिहीबार राति मायादेवी गाउँपालिका १ स्थित आफ्नै घरको परिसरमा गोली प्रहार भएको हो ।
अध्यक्ष चौधरीलाई बिहीबार राति साढे ११ बजे शौचालय गएर फर्किँदै गर्दा घरको गेटबाहिरबाट कसैले गोली प्रहार गरेको कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिनुभएको छ ।
‘अध्यक्षज्यूले जानकारी दिए अनुसार शौचालय गएर फर्किँदै गर्दा उहाँलाई घरको गेटबाहिरबाट कसैले गोली प्रहार गरेको रैछ, उहाँ भने सकुशल हुनुहुन्छ’ डिएसपी अधिकारीले भन्नुभयो ‘घटनास्थलबाट गोलीको खोका पनि बरामद भएको छ ।’
डिएसपी अधिकारीका अनुसार अध्यक्ष चौधरीलाई लक्षित गरी गोली प्रहार कसले गर्यो ? भन्नेबारे पत्ता लागिसकेको छैन । प्रहरीले घटनाबारे विभिन्न तवरले अनुसन्धान गरिरहेको छ ।
शुद्धोधनको अध्यक्ष भए पनि अध्यक्ष चौधरी मायादेवीस्थित घरमा बस्दै आउनु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै