
काठमाडौँ । तीनकुनेमा भएको हिंसात्मक घटनामा जीवन गुमाएका सविन महर्जनको दाहसंस्कार गरिएको छ । चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक हुँदा जीवन गुमाएका सविनको पोस्टमार्टम पछि आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।
घटनापछि त्रिवि शिक्षण अस्पतालमा राखिएको सविनको आजै पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम लगत्तै परिवारले अन्तिम संस्कार गरेका हुन् । सविनको पार्थिक शरीरमा बुवा श्रीकृष्ण महर्जनले दागबत्ति दिनुभको छ ।
पोस्टमार्टममा सविनको शरीरमा एउटा गोली लागेको खुलेको छ । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिनो नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा