
काठमाडौँ । सुनको भाउ अघिल्लो कारोबारको तुलनामा आज पनि बढेको छ । सुनको भाउ सोमबार तोलामा १ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापन लगायत कारण नेपालमा पनि भाउ बढिरहेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ११४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
शुक्रबार हालसम्मकै उच्च मूल्य रहेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो । आज फेरि नयाँ उचाइमा पुगेको हो ।
महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य आज एक लाख ७७ हजार ९ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले बढेर २ हजार ३५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै