
काठमाडौँ। प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि डाकिएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सत्ता पक्षका सांसदले पनि बैठक सञ्चालन गर्नुपर्ने माग गरेका थिए ।
प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गरेपछि प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै अवरोध गर्दै आएका छन् ।
आज पनि अवरोध कायमै राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो । दलहरूबीच सहमति नजुटेपछि सूचना टाँस गरी दिउँसो चार बजेका लागि बोलाइएको थियो । चार बजेपनि बैठक बस्न नसकेपछि सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) अनुसार सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै