+

भोजपुर विमानस्थलमा ३ महिनापछि उडान शुरु

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा बन्द भएको ३ महिनापछि उडान शुरु भएको छ । भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ । 


गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान शुरु  गरेको हो । उडान पुनः शुरु भएको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिनुभएको छ । उहाँका अनुसार भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ । 

विसं २०३५ देखि उडान शुरु भएको यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ । पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान भर्दैनन् । उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौँ रेफर गरिएका बिरामी र यात्रुहरु मारमा परेका थिए ।  

निगमका दुई वटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट