
काठमाडौँ । पर्साको वीरगञ्ज महानरपालिका–२५ मा वडाध्यक्ष कुटपिट प्रकरणमा ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट घटनामा पर्सा जिल्ला अदालतले प्रहरीसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्रले कुटपिटको घटनापछि वडाध्यक्ष चतुर्वेदीको जाहेरीको आधारमा पक्राउ पुर्जी जारी गरिएको बताउनुभयो ।
नेपाल प्रहरीका बहालवाला वरिष्ठ सई सागर शमशेर राणा, प्रहरी जवान दिपेश क्षेत्री, वीरगञ्ज–१० का वडाध्यक्ष सुशील साह कानु, वीरगञ्ज–११ घर भएका ४२ वर्षीय भुषण यादव, वीरगञ्ज–३२ का भुसाल चौरसिया, वीरगञ्ज–६ का ३७ वर्षीय विक्की गुप्ता, वीरगञ्ज–१० का लखनलाल गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
‘पक्राउ पुर्जी जारी भएको छ । अब कानुनी प्रक्रिया अघि बढाउँछौंँ,’ एसपी मिश्रले भन्नुभयो ।
यो समूहले २९ फागुनको राति सवा ९ बजेतिर होलीको दिन वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण गरेको आरोप लागेको छ । वीरगञ्ज महानगरपालिका–८ स्थित डाइमन्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको थियो । पार्टी प्यालेसका सञ्चालक समेत रहेका वीरेन्द्र पासवानका छोराको बर्थ–डे कार्यक्रम र होली मित्रमिलन कार्यक्रममा गएका बेला आक्रमण भएको वडाध्यक्ष चर्तुवेदीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै