+

टयाङ्करले ठक्कर दिँदा २ बालकको मृत्यु, प्रहरीद्वारा हवाइ फायर

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आज पानी टयाङ्करले ठक्कर दिँदा दुई बालकको मृत्यु भएको छ । घटनापछि डुडुवा तनावग्रस्त बनेको  छ । 


भे १ ख ४१०७ नम्बर को पानी टयाङ्करले ठक्कर दिँदा स्थानीय बालक ९ वर्षीय शिउकुमार गोदिया र ८ वर्षीय विशाल गोदियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिनुभयो । 

घटनापछि आक्रोशित भएका स्थानीयले टयाङ्करमा आगजनी गरेका छन् । आगजनीबाट गाडी पूर्ण रूपमा क्षति भएको छ । अहिले पनि आगजनी र तोडफोड भइरहेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले स्थिति नियन्त्रण बाहिर रहेकाले केही राउण्ड हवाइ फायर गर्नुपरेको बताउनुभयो । ‘घटनाको सबै विवरण अझै आइसकेको छैन तर स्थिति नियन्त्रण बाहिर छ’ उहाँले भन्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट