
बारा । यहाँका किसानले तेलहनखेती गरी ११ हजार २ सय मेट्रिकटन तेल उत्पादन गरेका छन् ।
किसानले १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती गरी प्रतिहेक्टर एक सय एक मेट्रिकटनका दरले तेलहन उत्पादन गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहले जानकारी दिनुभएको छ ।
केन्द्रका अर्थ विज्ञ गणेश महराले यहाँ किसानले पछिल्लो समय तेलहनखेती विस्तार गर्दै लगेकाले उत्पादन पनि बढिरहेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष १० हजार २ सय हेक्टर क्षेत्रफलमा खेत गरी प्रतिहेक्टर एक दशमलव एक मेट्रिकटनका दरले ११ हजार दुई सय २० मेट्रिकटन तेलहन उत्पादन भएको थियो ।
आर्थिक वर्ष २०७९ र ८० मा १० हजार तीन सय, आव २०८० र ८१ मा १० हजार दुई सय र आव २०८१ र ८२ मा १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती भएको प्रमुख साहले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै