
काठमाडौँ । छुट्टाछुटै स्थानमा भएको मोटरसाइकल दुर्घनामा २ जनाको मृत्यु भएको छ । काठमाडौँ र इटहरीमा भएको मोटरसाइकल दुर्घनामा २ जनाको जीवन गुमेको हो ।
काठमाडौँ महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि आज बिहान भएको मोटरसाइकल दुर्घनामा एक जनाको मृत्यु भएको छ ।
बिहाना ४ः३० बजे प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिंँदा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । उपचारका क्रममा बिहान ५ः३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको हो ।
उपरीक्षक बोहराका अनुसार ट्रिपर गौशालातर्फ फरार भएकोमा खोजतलासका क्रममा रा १ ख २६२२ नम्बरको ट्रिपर विमानस्थलको कार्गोभित्र फेला पारी नियन्त्रणमा लिएको तर चालक फरार रहेका छन् । दुर्घटनामा मोटरसाइकलमै सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएको र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसै गरी मोटरसाइकल दुर्घटनामा इटहरी उपमहानगरपालिका–१२ मा एक जनाको मृत्यु भएको छ । आज बिहान मोटसाइकल दुर्घटना हुँदा विराटनगर १० का २४ वर्षीय पुरन चौधरी रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक युवराज खतिवडाले जानकारी दिनुभएको छ ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०२–०४८प ३८७० नम्बरको मोटसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुँदा मोटरसाइकल चालक पुरन चौधरी र त्यसमा सवार उदयपुर कटारी–२ का २८ वर्षीया उमा सुनुवार घाइते भएकामा पुरन चौधरीको उपचारको क्रममा मृत्यु भएको छ भने सुनवारको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निरङ्कुशता स्वीकार्य छैनः अध्यक्ष नेपाल
- अमेरिकीले बन्द गर्यो एमसिसी कार्यक्रम
- सुदीप न्यौपाको शव बुटवल ल्याइयो
- एमालेको युवा महोत्सव आज
- आज लोकतन्त्र दिवस
- आगमी दुई दिन अत्यधिक गर्मीको सम्भावना
- उर्जा राज्यमन्त्री तामाङ बर्खास्त
- शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
- २२ औँ दिनपनि शिक्षकहरु सडकमा
- हाजिर जमानीमा रिहा भए तीनकुने घटनाका थप १० आरोपी