
बागलुङ । काठेखोला गाउँपालिका–७ रेशस्थित तिङरिङ र बोरमा सहकारीमार्फत व्यावसायिक चियाखेती शुरु गरिएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रममार्फत जनकल्याण आधारभूत विद्यालयको वनमा चियाखेती शुरु गरिएको हो ।
रेश साना किसान सहकारी संस्था लिमिटेडमार्फत तिङरिङसहित पाँच स्थानमा चियाखेती गरिएको वडा नम्बर ७ का अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । विद्यालयको पाखो जमिन १५ वर्षका लागि भाडामा लिइएको र सार्वजनिक जमिनमा पाँच वटा ब्लक बनाएर एक सय ४० रोपनीमा चियाखेती शुरु गरिएको वडाध्यक्ष लामिछानेले बताउनुभयो ।
‘परीक्षणका रुपमा गरिएको चियाखेतीले राम्रो उत्पादन दिन थालेपछि चियाखेती अवलोकन गर्न आउने पाहुनालाई कोसेलीका रूपमा चियाको ब्राण्ड बनाएर प्रदान गर्न थालेका छौँ’ वडाध्यक्ष लामिछानेले भन्नुभयो । चिया बगानमा आवतजावत गर्न सडक र खानेपानी लगायत पूर्वाधार अभाव भएकाले स्थानीय, प्रदेश र सङ्घ सरकारको सहकार्यमा भौतिक संरचना निर्माणमा पहल भइरहेको उहाँले बताउनुभयो ।
चिया बगानमा रहेका एक लाख १० हजारभन्दा बढी बिरुवामध्ये ६० हजारले उत्पादन दिन थालेका छन् । लामिछानेका अनुसार वडा कार्यालयको सहकार्यमा चिया सुकाउने औजार खरिद गरिए पनि पछिल्लो समय ठूलो परिणाममा चिया उत्पादन हुन थालेपछि उद्योग सञ्चालन गर्न सरोकारवाला निकायसँग समन्यव भइरहेको छ ।
चिया उत्पादन धेरै हुन थालेपछि उद्योग सञ्चालनसँगै बजारीकरणमा अन्यौल भइरहेको रेश सासहकारीमार्फत व्यावसायिक चियाखेती
बलेवा (बागलुङ), १ चैतः काठेखोला गाउँपालिका–७ रेशस्थित तिङरिङ र बोरमा सहकारीमार्फत व्यावसायिक चियाखेती शुरु गरिएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रममार्फत जनकल्याण आधारभूत विद्यालयको वनमा चियाखेती सुरु गरिएको हो ।
रेश साना किसान सहकारी संस्था लिमिटेडमार्फत तिङरिङसहित पाँच स्थानमा चियाखेती गरिएको वडा नम्बर ७ का अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । विद्यालयको पाखो जमिन १५ वर्षका लागि भाडामा लिइएको र सार्वजनिक जमिनमा पाँच वटा ब्लक बनाएर एक सय ४० रोपनीमा चियाखेती सुरु गरिएको वडाध्यक्ष लामिछानेले बताउनुभयो ।
‘परीक्षणका रुपमा गरिएको चियाखेतीले राम्रो उत्पादन दिन थालेपछि चियाखेती अवलोकन गर्न आउने पाहुनालाई कोसेलीका रूपमा चियाको ब्राण्ड बनाएर प्रदान गर्न थालेका छौँ’ वडाध्यक्ष लामिछानेले भन्नुभयो । चिया बगानमा आवतजावत गर्न सडक र खानेपानीलगायत पूर्वाधार अभाव भएकाले स्थानीय, प्रदेश र सङ्घ सरकारको सहकार्यमा भौतिक संरचना निर्माणमा पहल भइरहेको उहाँले बताउनुभयो ।
चिया बगानमा रहेका एक लाख १० हजारभन्दा बढी बिरुवामध्ये ६० हजारले उत्पादन दिन थालेका छन् । लामिछानेका अनुसार वडा कार्यालयको सहकार्यमा चिया सुकाउने औजार खरिद गरिए पनि पछिल्लो समय ठूलो परिणाममा चिया उत्पादन हुन थालेपछि उद्योग सञ्चालन गर्न सरोकारवाला निकायसँग समन्यव भइरहेको छ ।
चिया उत्पादन धेरै हुन थालेपछि उद्योग सञ्चालनसँगै बजारीकरणमा अन्यौल भइरहेको रेश साना किसान सहकारीका अध्यक्ष उजेली शर्माले बताउनुभयो । प्रशोधित चियाका लागि उपकरणको अभाव हुँदा सहकारीले अपेक्षाअनुसार उत्पादन गर्न नसकेको उहाँको भनाइ छ । उहाँले हाल परम्परागत रुपमा चिया उत्पादन भइरहेको छ ।
चिया खेतीमार्फत स्थानीयलाई समृद्ध बनाउने वडाको योजना छ । बढ्दो बसाइँसराइलाई नियन्त्रण गर्न चियाखेती नमूनायोग्य काम भएको चियाखेती अवलोकनमा पुग्नुभएका गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले भन्नुभयो– ‘बाँझो जमिनको सदुपयोग गर्दै आर्थिक उन्नति गर्न स्थानीयले गरेका काममा प्रदेश सरकारले हातेमालो गर्छ ।’
साना किसान सहकारीका अध्यक्ष उजेली शर्माले बताउनुभयो । प्रशोधित चियाका लागि उपकरणको अभाव हुँदा सहकारीले अपेक्षाअनुसार उत्पादन गर्न नसकेको उहाँको भनाइ छ । उहाँले हाल परम्परागत रुपमा चिया उत्पादन भइरहेको छ ।
चिया खेतीमार्फत स्थानीयलाई समृद्ध बनाउने वडाको योजना छ । बढ्दो बसाइँसराइलाई नियन्त्रण गर्न चियाखेती नमुनायोग्य काम भएको चियाखेती अवलोकनमा पुग्नुभएका गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले भन्नुभयो– ‘बाँझो जमिनको सदुपयोग गर्दै आर्थिक उन्नति गर्न स्थानीयले गरेका काममा प्रदेश सरकारले हातेमालो गर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै