
काठमाडौँ । समाजवादी मोर्चाले आगामी चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने भएको छ । पछिल्लो समयमा राजतन्त्रको पक्षमा मुलुकभर विशाल प्रदर्शन हुन थालेपछि त्यसको प्रतिवादमा मोर्चाले आगामी चैत्र १५ गते काठमडौँमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
मंगलबार बसेको समाजवादी मोर्चाको बैठकले यस्तो निर्णय लिएको हो । यसअघि समाजवादी मोर्चाले चैत्र २४ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । तर, पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै चैत १५ गते नै उक्त कार्यक्रम गर्ने तय भएको मोर्चाका एक नेताले जानकारी दिनुभएको छ ।
त्यसअघि आगामी चैत १ गते वुद्धिजिवी र नागरिक समाजसँग परामर्श र छलफलको कार्यक्रम गर्ने तयारी गरिएको छ । सोही दिन दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत् १५ गतेको कार्यक्रमका बारेमा जानकारी गराईने मोर्चाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निरङ्कुशता स्वीकार्य छैनः अध्यक्ष नेपाल
- अमेरिकीले बन्द गर्यो एमसिसी कार्यक्रम
- सुदीप न्यौपाको शव बुटवल ल्याइयो
- एमालेको युवा महोत्सव आज
- आज लोकतन्त्र दिवस
- आगमी दुई दिन अत्यधिक गर्मीको सम्भावना
- उर्जा राज्यमन्त्री तामाङ बर्खास्त
- शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
- २२ औँ दिनपनि शिक्षकहरु सडकमा
- हाजिर जमानीमा रिहा भए तीनकुने घटनाका थप १० आरोपी