+

पूर्वराजाको स्वागतमा हजारौँ नागरिक सडकमा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको केही समयको भ्रमण पूरा गरी आज काठमाडौँ फर्किनुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजनीतिक दलका हजारौँ नेता तथा कार्यकर्तासहित पूर्वराजा समर्थित व्यक्ति तथा सङ्घसंस्थाले उहाँलाई स्वागत गरेका थिए । 


पूर्वराजाको स्वागतमा विमानस्थलको मूल ढोकाबाहिर देखि निर्मल निवाससम्म लाखौँ नागरिक उभिएर स्वागत गरेका थिए । अधिकांश मानिसको हातमा राष्ट्रिय झन्डा देखिन्थ्यो । राप्रपासहित पूर्वराजा समर्थित विभिन्न समूहको आह्वानमा भएको यस किसिमको कार्यक्रमबाट विमानस्थल–चक्रपथ क्षेत्रको यातायात व्यवस्था प्रभावित भएको थियो । 

विमानस्थल क्षेत्रको संवेदनशील पक्षलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा गरिएको थियो ।  

पोखरा केन्द्रित भई आसपासका क्षेत्रको धार्मिक भ्रमणमा निस्कनुभएका पूर्वराजा ज्ञानेन्द्र आज पोखराबाट काठमाडौँ आउनुभएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै