
काठमाडौँ । सत्ता पक्षकै सांसदले नेपालले पाएको अमेरिकी अनुदान सहयोगबारे नेपाल सरकारले श्वेतपत्र जारी गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रामहरी खतिवडाले यस्तो माग गर्नुभएको हो ।
सांसद खतिवडाले अमेरिकाले नेपाललाई प्रदान गरेको अनुदान सहयोग दुरुपयोग भयो भनेर प्रश्न उठिरहेका बेला कुन निकायबाट कस्तो कामका लागि कति खर्च भएको हो भनेर विस्तृत विवरण सार्वजनिक हुनुपर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अमेरिकी सहयोग बारे श्वेतपत्र जारी गरियोस् । गैरसरकारी सस्था वा अन्तराष्ट्रिय गैरसकारी सस्था मार्फत् प्राप्त भएको रकमबारे स्पष्ट जानकारी दिइयोस् ।’ उहाँले अमेरिकाले अवैधानिक रूपमा बसेका नेपालीलाई नेपाल फिर्ता पठाइएको र पत्रकारले प्रश्न गरेकै आधारमा संसद्को पास स्थगन गरिएको भन्ने विषय उठान बारे पनि उहाँले सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसद देवेन्द्र पौडेलले पनि अमेरिकाबाट हालसम्म ३५ नेपाली नागरिक नेपाल फिर्ता भएको उल्लेख गर्नुहुँदै विभिन्न देशमा रहेका नेपाली नागरिकलाई स–सम्मान स्वदेश फिर्ताका लागि सरकारले परराष्ट्र मन्त्रालयमार्फत् पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘दुवई, जापान, क्यानडा, कोरिया लगायत मुलुकबाट नेपालीलाई डिपोर्ट गरिएको छ । त्यहाँ समस्यामा परेका नागरिकलाई फिर्ता गर्नका लागि परराष्ट्र मन्त्रालयमार्फत् पहल गरिनुपर्छ ।’
सांसद हरी ढकालले एलपी ग्यास व्यवसायीले कमिसन बढाउन सरकारलाई दबाव दिएकै आधारमा मूल्य बढाउने र बजारमा कृतिम अभाव सिर्जनाको स्थिति बनेको बताउनुभयो । त्यस्तै, सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य घटाउन भनेर सरकारलाई निर्देशन दिएकोमा हालसम्म पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । उपभोग्य वस्तुमा अत्याधिक मूल्यवृद्धि भएको धारणा पनि उहाँले राख्नुभयो ।
सांसद माघव सापकोटाले सरकार र शिक्षक महासङ्घबीच गतवर्ष भएको सहमति कार्यान्वयनका लागि आग्रह गर्नुभयो । शिक्षकले गतवर्ष पनि आन्दोलन गरेको र त्यसपछि सरकारसँग सहमति भएकोमा त्यसलाई कार्यान्वयन गर्न नसक्दा फेरी आन्दोलित भएको उहाँको भनाइ छ । शिक्षक महासङ्घले अहिले फेरी आन्दोलनको तयारी गरिरहेको बताउनुहुँदै उनीहरुको जायज माग पूरा गर्न आग्रह गर्नुभयो ।
सांसद अमरेशकुमार सिंहले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तिमा सरकारले संविधान मिचेको आरोप लगाउनुभयो । सचिवमा वरिष्ठ कर्मचारीलाई सचिव नियुक्त नगरेर कनिष्ठलाई नियुक्त गरेको तथा आदीवासी जनजाति, मधेशी, महिलाप्रति पूर्वाग्रह राखेको भन्दै स्वास्थ्य मन्त्रीको राजिनामा समेत उहाँले माग गर्नुभयो ।
सांसद लालप्रसाद सावा लिम्बूले झापाको शिवसताक्षी ११ को क्याम्ब्रिज स्कुलको दुईवटा बस जलेको विषय संसदमा उठान गर्नुभयो । उहाँले समग्र विद्यालयको सुरक्षा संवेदनशीलताको विषय संसदमा राख्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा
- संसदमा देउवा र प्रचण्ड अनुपस्थित हुनेभएपछि ओलीको सम्बोधन स्थगित
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना