+

बढ्यो सुनचाँदीको भाउ

काठमाडौँ । अघिल्लो कारोबारमा ओरालो लागेको  सुनचाँदीको भाउ आज भने बढेको छ । सुन मंगलबार प्रतितोला १ .हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


महासंघका अनुसार सोमबार प्रतितोला  एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन  आज  एक लाख ६९ हजार पाँच सय रुपैयाँँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइहेको छ ।

आज चाँदीको भाउ समेत तोलामा २५ रुपैयाँले  बढेको छ । चाँदी प्रतितोला. एक हजार ९ सय ४० रुपैयाँँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै