
काठमाडौँ । साताको पहिलो कारोबारमा उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने घटेको छ ।
नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको हो । नेप्से १३ दशमलव ६२ अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ६६ को विन्दुमा कायम भएको छ ।
आज विभिन्न ३ सय कम्पनीका ३ करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता शेयर, एक लाख ३९ हजार पाँच सय ५५ पटक खरिदबिक्री हुँदा १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ बराबरको कारोबार भएको छ ।
आजको कारोबारपछि जीवन बीमा शून्य दशमलव ७७, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, म्युचुअल फन्ड एक, निर्जीवन बीमा शून्य दशमलव ४६ र अन्य समूह एक दशमलव ६८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव ३५, विकास बैंक शून्य दशमलव ८४, वित्त शून्य दशमलव ९३, होटल तथा पर्यटन एक दशमलव ८८, जलविद्युत् एक दशमलव २१, लगानी समूह शून्य दशमलव २४, लघुवित्त शून्य दशमलव ८८ र व्यापार शून्य दशमलव ८४ प्रतिशतले घटेको छ ।
आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १ अर्ब ३८ करोड ७४ लाख ४७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १७ लाख ७१ हजार पाँच सय ५० कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै