
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्धामा फरार १४ जनालाई पक्राउ गरेको छ ।
विभिन्न अपराधिक घटनामा संलग्न भई जिल्ला अदालत गौरबाट दोषी ठहर भएर दण्ड सजाय तोकिए पनि फरार अवस्थामा रहेका प्रतिवादीहरूलाई पक्रन प्रहरी सफल भएको हो ।
अदालतबाट दोषी ठहर भई कानुनबमोजिम सजाय तोकिए पनि लामो समयदेखि लुकीछिपी बस्दै आएका प्रतिवादीहरूलाई प्रहरीको विशेष सक्रियतामा आइतबार विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
यसरी पक्राउ पर्नेहरूमा लागुऔषध मुद्दामा दोषी ठहरिएका प्रेम राना, सागर अर्याल, बिन रानामगर भन्ने किरण रानामगर र सन्तमान लामा भन्ने सञ्चर रानामगर, वन मुद्दातर्फ फरार भएका शम्भु चौधरी, किशोरी चौधरी भन्ने नन्दकिशोर चौधरी र वीरेन्द्र चौधरी तथा जुवा मुद्दामा दोषी ठहरिएका किशोरकुमार चौधरी, रामादिनेश साह र शिवराज अधिकारी क्षेत्री रहेका छन् ।
त्यस्तै कुटपिट मुद्दातर्फ दोषी ठहरिएका शुभनारायण साह र कमल साह तेली तथा सम्बन्ध विच्छेद मुद्दातर्फका प्रतिवादी महमद असलम पक्राउ परेको प्रहरी प्रवक्ता रायले जानकारी दिनुभयो । प्रहरीले विभिन्न स्थानबाट पक्रिएका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।
रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेको सक्रियतामा चालु आर्थिक वर्षमा मात्र ४ सय भन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरी कानुनको दायरामा ल्याएको प्रहरीले स्पष्ट गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै