+

अवैध रूपमा अस्पताल चलाउँदा सञ्चालक पक्राउ

रौतहट । रौतहटमा अवैध रूपमा अस्पताल चलाउँदा सञ्चालक पक्राउ परेका छन् । चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैध रूपमा  सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर संचालन गर्दै हआएका  राजन साह  पक्राउ परेका हुन् । 


गएको  शनिबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा  सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर  दर्ता नै नभएको हो । साहलाई त्यसपछि सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  

सिभिल हुम्यानलाई मुख्यमन्त्री सिंहसहितको अनुगमन टोलीले अस्पताल दर्ता गरेर मात्रै सञ्चालन गर्न पत्र दिएको थियो । पत्रको अवज्ञा गरेर साहले अस्पताल खोलेको कारण सोमबार साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । पत्रको अवज्ञा गरेर अस्पताल सञ्चालन गरेको कारण उनलाई पक्राउ गरेको डिएसपी राईले बताउनुभयो ।

मुख्यमन्त्री सिंहले  शनिबार चन्द्रनिगापुरको ११ निजी अस्पतालको अनुगमन गर्नुभएको थियो । त्यसमा १० अस्पताल दर्ता नभएको भेटिएको छ । एघार मध्ये चन्द्रपुर अस्पताल प्रालिले मात्रै अस्पताल सञ्चालनको अनुमति लिएको भेटिएको अनुगमन समितिका सदस्य सचिव सन्तोष ठाकुरले जानकारी दिनुभयो । 

मुख्यमन्त्री सिंहसहितले अनुगमन गरेको हाइवे ट्रमा हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालि, सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर, पब्लिक लाइफ केयर पोलिक्लिनिक, एपोलो सिटी अस्पताल, चपुरसिटी अस्पताल, हिमालय पोलीक्लिनिक, चन्द्रपुर, सामुदायिक अस्पताल, नमस्ते डेन्टल क्लिनिक, चन्द्रपुर अर्थोपेडिक अस्पताल र चन्द्रपुर आखा तथा दाँत उपचार केन्द्र अहिले बन्द अवस्थामा रहेको डिएसपी राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट