+

रास्वपाका नेता थापा अमेरिकामा पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । थापा रास्वपाका केन्द्रीय सदस्य हुन् ।


थापा अमेरिकी इमिग्रेसनको हिरासतमा रहेको जानकारी आएको रास्वपाका नेता मनिष झाले जानकारी गराउनुभको छ । पक्राउ परेको जानकारी पाए लगत्तै रास्वपाले थापालाई  केन्द्रीय सदस्यबाट हटाएको छ । थापाको नाम पार्टीको वेबसाइटबाट पनि हटाइएको छ । थापा सभापति रवि लामिछानेको घनिष्ट साथी हुन् । लामिछाने अमेरिकामा रहँदा लामो समय थापासँगै बसेको र दुवै जनाले एउटै कम्पजीमा काम गरेको कारण घनिष्ट भएका हुन् । 

लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा थापा नेपाल आएर केही महिना यही बसेका थिए । थापा लामिछानेको सल्लाहकार जस्तै भूमिकामा थिए ।  त्यसबेला प्रहरीको सरुवामा थापामार्फत चलखेल हुने गरेको प्रसँग चल्ने गरेको थियो ।  

झालेभने थापाले यसअघि नै आफू पार्टीको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएकोले नाम हटाइएको दाबी गर्नुभएको छ । ‘मोहन थापाजीले यस अगावै नै आफूले केही व्यक्तीगत कानुनी प्रक्रियाहरू स्पष्ट र समाधान गर्नु छ र त्यो  किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर जानुभएको थियो’ झाले भन्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै