
काठमाडौँ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको आज निधन भएको छ। ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको उपचारको क्रममा आज बिहान निधन भएको हो ।
पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि उहाँ केही दिनदेखि त्यहाँ उपचाररत हुनुहुन्थ्यो ।
सर्वोच्च अदालतमा पुग्ने उहाँ दोस्रो महिला न्यायाधीश हुनुहुन्थ्यो । सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहनुभयो । उहाँ अधिकृत देखिनै न्यायक्षेत्रमा कार्यरत हुनुहुन्थ्यो ।
श्रेष्ठको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने जानकारी दिइएको छ । उहाँका दुई छोरा हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा
- संसदमा देउवा र प्रचण्ड अनुपस्थित हुनेभएपछि ओलीको सम्बोधन स्थगित
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना