
जुम्ला । जुम्लाको तिला गाउँपालिकामा मदिरा बेच्ने र खानेलाई कारबाही हुने भएको छ । तिला गाउँपालिका–५ ले वडामा मदिरा बिक्रीवितरण गर्ने तथा सेवन गर्नेलाई कारबाही गर्ने भएको हो ।
वडाभरिमा मदिरा बिक्रीवितरण बढ्दै गएको जनगुनासो आएपछि मङ्गलबार बसेको वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको संयुक्त बैठकले बिक्रीवितरण तथा सेवनमा रोक लगाएको हो ।
वडाभर मदिरा बिक्रीवितरण गर्ने र खानेलाई कानुनअनुसार जारिवाना तिराउने निर्णय गरिएको वडाध्यक्ष ललित शाहीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘वडाको निर्णय अटेर गर्नेलाई कानुनबमोजिम सजाय हुनेछ ।’ वडामा मदिराका कारण विभिन्न किसिमका घटना तथा घरेलु हिंसा बढेको गुनासो आउन थालेपछि यस्तो निर्णय गरिएको उहाँको भनाइ छ ।
विसं २०७९ असार ३१ गते बसेको वडासभाको बैठकले मदिरा तथा जुवातासमुक्त विधेयक पारित गरेको थियो । वडाध्यक्ष शाहीले भन्नुभयो– ‘मदिरा सेवन र बिक्री गर्नेदेखि जुवातास खेल्ने र खेलाउनेलाई सचेत लगाउनका लागि अहिले गाउँबस्तीमा सूचना जारी भइसकेको छ ।”
वडा समिति तथा सम्पूर्ण सरोकार भएका निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, समाजसेवी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, बाल क्लब, युवा क्लब, आमा समूहको संयुक्त बैठकबाट उक्त निर्णाय भएको वडाध्यक्ष शाहीले बताउनुभयो ।
वडालाई बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक पर्ने ५१ सूचक पूरा गरी अगामी चैतभित्र बालविवाहमुक्त वडा घोषणा गर्नेगरी वडा कार्यालयले कार्य गरिरहेको छ ।
गामी २०८२ को असारभित्र बालमैत्री स्थानीय शासन वडा घोषणासमेत गर्ने गरी काम अघि बढाइएको वडाध्यक्ष शाहीले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा प्रहरी, प्रशासन तथा स्थानीय तहले आ–आफ्ना क्षेत्र र वडामा मदिरा नियन्त्रण अभियान सञ्चालन गरिरहेका छन् ।
वडामा मदिरा न्यूनीकरण समिति गठन गरी अभियान सञ्चालन भइरहेका जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै