
काठमाडौँ । महाशिवरात्रि पर्वको बेला पशुपतिनाथ लगायत देशभरका मन्दिर क्षेत्रमा सडक तथा पैदलयात्रीको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सांसदहरुले माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले सडक सुरक्षा चुस्त बनाउन सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ ।
बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले शिवरात्रिको समयमा पशुपतिनाथ दर्शनका लागि अघिल्लो वर्षभन्दा धेरै दर्शनार्थी आउने आङ्कलन गरिएकाले सुरक्षा व्यवस्थामा विशेष ध्यान पुर्याउन आग्रह गर्नुभयो । उहाँले काठमाडौँ उपत्यका जोड्ने सडक सञ्जाल बिग्रेको अवस्थामा रहेको उल्लेख गर्दै सक्दो चाँडो ती सडक मर्मतसम्भार गर्न आग्रह गर्नुभयो । सांसद चौधरीले नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को खैरो सूचीमा परेकाले यसबाट चाँडै बाहिर निस्कने कार्ययोजना बनाउन पनि आग्रह गर्नुभयो ।
बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले कैलालीमा रहेको घोडाघोडी ताल र मन्दिर संरक्षणका लागि पहल गर्न संसद्मार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । जैविक विविधताका दृष्टिले समेत यो ताल महत्वपूर्ण रहेकाले संरक्षणका लागि बजेट व्यवस्थापन गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सहकारी क्षेत्रको नियमनमा चुक्दा नेपाल एफटिएफको खैरो सूचीमा परेको बताउनुभयो । त्यस्तै, वैदेशिक व्यापार घाटा बढेको, सार्वजनिक ऋण २६ खर्ब रुपैयाँ नाघेको लगायत विषय पनि उहाँले संसदमा उठाउनुभयो । विद्यालय र विश्वविद्यालय शिक्षालाई निःशुल्क गरिनुपर्ने सांसद सुवालले सुझाव दिनुभयो । काठमाडौँ उपत्यकाको प्रदूषण बढेकाले मुटु, श्वासप्रश्वास तथा छालासम्बन्धी रोगको जोखिम बढेको उहाँको भनाइ छ ।
सांसद जावेदा खातुन जागाले विद्यार्थी प्रकृति लम्सालको मृत्युका बारेमा वास्तविकता पत्ता लगाउन तथा उनी अध्ययनरत कलेजका विद्यार्थीको सुरक्षाको माग गर्नुभयो । यस विषयमा परराष्ट्र मन्त्रालयमार्फत पहल गरिनुपर्ने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा
- संसदमा देउवा र प्रचण्ड अनुपस्थित हुनेभएपछि ओलीको सम्बोधन स्थगित
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना