
काठमाडौँ । आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । सुन अघिल्लो कारोबारको तुलनामा मंगलबार प्रतितोला ५ सय रुपैयाँँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ७० हजार ८ सयमा किनबेच भएको सुन आज एक लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार ९ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा