
पर्सा । वीरगञ्ज नाका हुँदै ७ महिनामा एक खर्ब चार अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब चार अर्ब ७६ करोड रुपैयाँ मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको हो ।
गत आवको ७ महिनाको तुलनामा चालु आवको त्यही अवधिमा ८४ करोड रुपैया बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताउनुभयो ।
‘पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो’ उहाँले भन्नुभयो । गत आवको सात महिनाको अवधिमा भने एक खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।
कार्यालयका अनुसार चालु आवको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । जबकी गत आवको सोही अवधिमा सबैखालको पेट्रोलियम पदार्थको आयातबाट ३८ अर्ब ६५ करोड राजस्व सङ्कलन भएको थियो ।
चालु आवको सात महिनामा ५१ अर्ब ७९ करोड बराबरको पाँच लाख ८१ सात सय ९९ किलोलिटर डिजेल आयातबाट २३ अर्ब १० करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
त्यस्तै चालु आवको सात महिनामा २२ अर्ब १४ करोड मूल्य बराबरको दुई लाख ५५ हजार पाँच सय ४२ किलोलिटर पेट्रोल आयात हुँदा १४ अर्ब ४९ करोड राजस्व सङ्कलन भएको छ । चालु आवको सात महिनाको अवधिमा २० अर्ब ९० करोड मूल्य बराबरको १८ करोड २९ लाख ९४ हजार ६ सय २४ किलोग्राम एलपिजी आयात भएको छ ।
यही परिणाम आयात हुँदा ३अर्ब ९१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा