+

यस्तो रहने छ आजको मौसम

काठमाडौँ । देशका अधिकांश भूभागमा बदली भए पनि अहिले सामान्यतया मौसम सफा छ। मंगलबार कतै पनि वर्षाको सम्भावना भने छैन। 


कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर हुँदा आज बदली हुने महाशाखाले जनाएको छ। 

बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको छ। भोलिदेखि भने पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पुनः बढ्ने भएको छ, जसले कोशी, गण्डकी र कर्णाली प्रदेशका भूभागहरूमा वर्षा गराउने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट